भोटिंग मेशिनले काम नगरेपछि एनआरएनएको मतदान स्थगित

डिसी नेपाल
२९ असोज २०७६ २१:३२

काठमाडौं। काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआएरए)को विश्व सम्मेलनका क्रममा नयाँ नेतृत्व चयनका लागि बुधबार अबेर शुरु भएको मतदान केही सयमपछि स्थगित भएको छ। भोटिङ मेशिनले काम नगरेपछि मतदान स्थगित भएको हो। एनआरएनएको ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको मतदान शुरु भएको थियो।

मतदान स्थगित भएपछि मतदान स्थल होटल ह्यातको अवस्था तनावग्रस्थ बनेको छ। प्रतिनिधिहरुले नारावाजी गरेका छन्। मतदान शुरु हुनुअघि पनि मतदान शुरु नभएको भन्दै प्रतिनिधिहरुले कुर्सी तोडफोड गर्नुका साथै नारावाजी गरेका थिए। बुधबार दिउँसो तीन बजे शुरु हुने भनिएको मतदान साढे बजेमात्र शुरु भएको थियो। तर, त्यो पनि सुचारु हुन सकेन।

एकजनाले मात्र मतदान गरेपछि मेशिन विग्रिएको जनाइएको छ। भोटिङ मेशिन बनाएपछि बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया फेरि शुरु हुने जनाइएको छ।

एनआरएनएको अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा उत्रिएका छन्। महाधिवेशनमा ४१ पदका लागि ७७ जनाले मनोनयन दर्ता गराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *