टी–१० लीगमा कर्नाटक टसकसले किन्यो सन्दीपलाई

डिसी नेपाल
२९ असोज २०७६ २२:३७

काठमाडौं। नेपाली क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछाने टी–१० क्रिकेट लिग २०१९ मा छनोट भएका छन् । उनलाई कर्नाटक टसकस टिमले ४५ हजार डलरमा किनेको हो। सन्दीपले गत वर्षपनि यो लीग खेलेका थिए।

उनले गत सिजन केरला नाइट्सका तर्फबाट खेलेका थिए। सन्दीप दोस्रो पटक यो लीगका लागि उपलब्ध हुने भएका हुन्।

युनाइटेड अरब इमिरेट्स (यूएई)मा नोभेम्बर १४ देखि २४ तारिखसम्म आयोजना हुने दश–दश ओभरको यो क्रिकेटको सबैभन्दा छोटो प्रारुपमा सन्दीप ड्राफ्ट मार्फत पहिलो राउण्डमै किनिएका हुन्। सन्दीप आवद्ध टिमको आइकोनिक खेलाडीमा दक्षिण अफ्रिकाका हासिम अमला रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *