मेस्सीले जिते छैटौं पटक गोल्डेन शु’

डिसी नेपाल
३० असोज २०७६ ६:१३

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीलाई गोल्डेन शु अवार्ड प्रदान गरिएको छ । बुधबार आयोजित एक बिशेष कार्यक्रममा मेस्सीलाई गोल्डेन शु अवार्ड प्रदान गरिएको हो ।

युरोपियन लिगमा यस सिजन सवार्धिक गोलकर्ता बन्दै मेस्सीले गोल्डेन शु अवार्ड जितेका हुन् । अर्जेन्टिनाका मेस्सीले यस सिजन ३६ गोल गरेर यस अवार्ड आफ्नो बनाएका हुन् ।

यस अवार्ड जित्न मेस्सीले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेलाई ३ गोलले पछि बनाए । शुक्रबार भएको सिजनको अन्तिम खेलमा रिम्सविरुद्ध एक गोल गरेका एमबाप्पेले ३३ गोल गरे ।

मेस्सीले यो लगातार तेस्रो पटक गोल्डेन शु अवार्ड जितेका हुन् । मेस्सी लगातार तेस्रो सिजन गोल्डेन शु जित्ने पहिलो खेलाडी समेत हुन् । यस्तै मेस्सीको यो समग्रमा छैटौं गोल्डेन शु हो । र, मेस्सी सर्वाधिक गोल्डेन शु जित्ने एक्लो खेलाडी हुन् ।

मेस्सी भन्दा पछि युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनले चार पटक यस अवार्ड उचालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *