ग्लोबल छनोटअघि युएईलाई ठूलो धक्का, आईसीसीद्वारा कप्तानसहित तीन खेलाडी निलम्बित

डिसी नेपाल
३० असोज २०७६ ६:३७

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले युएईका तीन क्रिकेट खेलाडीलाई निलम्बन गरेको छ ।

खेल मिलेमतो (म्याच फिक्सिङ) को आरोपमा आईसीसीले कप्तान मोहमद नाभिदसहित शाइमन अनवर र क्वाडर अहमेदलाई आईसीसीले निलम्बन गरेको हो । आईसीसीले बुधबार प्रेस विज्ञप्ति निकाल्दै तत्कालबाट लागु हुनेगरि तीन खेलाडीलाई निलम्बन गरिएको जनाएको छ ।

आईसीसीले भ्रष्टाचार सम्बन्धि नियम उल्लंघन गरेको कारण निलम्बन गरिएको जनाएको छ । आईसीसीले उनीहरुले भ्रष्टाचार सम्बन्धि नियमको विभिन्न १३ नियमहरु उल्लंघन गरेको जनाएको छ । आईसीसीले तीनै खेलाडीलाई १४ दिन भित्र आरोपको जवाफ पठाउन निर्देशन समेत दिएको छ ।

घरेलु भूमिका शुक्रबार सुरु हुने विश्वकपको ग्लोबल छनोट अघि आईसीसीले तीन खेलाडीलाई प्रतिबन्ध लगाएपछि युएई समस्यामा परेको छ । तर, युएई क्रिकेटले आईसीसीको निर्णय पूर्णरुपमा पालना गर्ने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *