राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कने

डिसी नेपाल
३० असोज २०७६ ८:३०

काठमाडौं । विश्वकप छनोट खेल्न करिब दुई साता बढी देश बाहिर रहेको राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ । छनोटको अवे खेल खेल्न अष्ट्रेलिया र जोर्डन पुगेको नेपाली टिम साँझ नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एक साता अघि अष्ट्रेलियासंग प्रतिस्पर्धा गरेर नेपाली टिम जोर्डन पुगेको थियो । नेपाली टिमले अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० को हार ब्यहोरेको थियो । अष्ट्रेलिया र जोर्डनसंगै नेपालले विश्वकप छनोटको अवे खेल सम्पन्न गरेको छ । नेपालले समुह चरणका बाँकी खेल अब घरेलु मैदान दशरथ रंगशालामा खेलाउनेछ ।

छनोटको पहिलो खेलमा कुवेतसंग ७–० ले हारेको नेपालले चाईनिज ताईपेलाई २–० ले पराजित गरेको थियो । छनोटको समूह बी मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ । यस समूहमा ३ खेलमा अपराजित अष्ट्रेलिया ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *