खेलाडीमाथि रंगभेदी दुर्व्यवहार गर्ने ६ समर्थक पक्राउ

डिसी नेपाल
३० असोज २०७६ ९:२३

एजेन्सी । युरोकप छनोट अन्तर्गत घरेलु मैदानमा इंग्ल्याण्डका खेलाडीलाई रंगभेदीय दुर्व्यवहार गरेको आरोपमा बुल्गेरियाको प्रहरीले ६ समर्थकलाई पक्राउ गरेको । सोमबार राति इंग्ल्याण्डले घरेलु टोलीलाई ६–० ले पराजित गरेको खेलमा इंग्ल्याण्डका खेलाडीलाई बुल्गेरिया समर्थकले रंगभेदीय दुर्व्यवहार गरेका थिए ।

उक्त दुर्व्यवहारमा संग्लग १५ समर्थकको पहिचान भएपनि ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ नपरेकामाथि प्रहरीले खोजि जारि राखेको बताईएको छ ।

खेलको दौरान बुल्गेरियाका समर्थकले इंग्ल्याण्डका काला वर्णका खेलाडीलाई लक्षित गर्दै रंगभेदीय दुर्व्यवहार गरेका थिए । बुल्गेरिया समर्थकले नाजी सलुट र बाँदरको आवाज निकाल्दै विपक्षि टिमका खेलाडीलाई गिज्याएका थिए । जसको कारण दुई पटक खेल रोकिएको थियो ।

इंग्ल्याण्डका खेलाडीमाथि रंगभेदीय दुर्व्यवहार भएपछि अध्यक्ष बुल्गेरिया फुटबल युनियनका अध्यक्ष बोरीस्लाभ मिहाय्लोभले पदबाट राजिनामा दिईसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *