विपक्षीको ‘पन्च’बाट रिङमा ढलेका अमेरिकन बक्सरको मृत्यु

डिसी नेपाल
३० असोज २०७६ ९:४७

एजेन्सी । व्यवसायिक बक्सिङ प्रतिस्पर्धाको दौरान अमेरिकी बक्सर प्याट्रिक डेको निधन भएको छ ।

अमेरिकाको सिकागो शनिबार अमेरिकन खेलाडी चार्ल्स कोनवेलको प्रतिस्पर्धा दौरान घाइते भएका प्याट्रिकको बुधबार निधन भएको हो । सुपर वेल्टरवेट फाइटको १० औं राउण्डमा प्याट्रिक नकआउट भएका थिए । कोनवेल कडा पन्चले नकआउट भएका उनलाई स्ट्रेचरमा राखेर रिङबाहिर निकालिएको थियो ।

घाइते भएपछि २७ वर्षे उनलाई तत्काल अस्पताल लगिएको थियो । तर, चार दिनपछि उनको अस्पतालमा निधन भएको हो । प्याट्रिकले २२ फाइटमा १७ खेल जितेका थिए । गत जुलाईमा फाइटको दौरान रसियन बक्सर म्याक्सिम डाडासेभको पनि निधन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *