युईएफएद्वारा इटालियन क्लब लाजियोलाई कारबाही

डिसी नेपाल
३० असोज २०७६ १०:३०

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएद्वारा इटालियन क्लब लाजियोलाई कारबाही गरेको छ । लाजियो समर्थकले विपक्षी खेलाडीलाई रंगभेदीय दुर्व्यवहार गरेपछि युईएफएले लाजियोलाई कारबाही गरेको हो ।

कारबाही स्वरूप लाजियोले युरोपा लिग अन्तर्गत आगामी महिना सेल्टिकसँगको खेलमा रंगशाला आंशिक रुपमा बन्द गर्नु पर्नेछ । लाजियोले आगामी नोभेम्बर ७ मा सेल्टिकसँग घरेलु मैदानमा खेल्नेछ ।

यस्तै लाजियोलाई २० हजार युरो जरिवाना समेत गरिएको छ । र, दुर्व्यवहारको घटना दोहोरिएमा लाजियोले रंगशाला बन्द गरेर खेल खेल्नु पर्नेछ । युरोपा लिग अन्तर्गत फ्रेन्च क्लब रेनसविरुद्धको खेलमा लाजियो समर्थकहरुले विपक्षी खेलाडीलाई रंगभेदीय दुर्व्यवहार गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *