‘एल क्लासिको’ सार्ने प्रस्ताव अस्वीकार

डिसी नेपाल
३० असोज २०७६ १०:५०

एजेन्सी । सिजनको पहिलो ‘एल क्लासिको’ सार्ने स्पेनिस ला लिगाको प्रस्तावलाई स्पेनिस महारथी रियाल म्याड्रिड र क्याटलान क्लब बार्सिलोनाले अस्वीकार गरेको छ ।सिजनको पहिलो एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा २६ अक्टोवरमा हुने तय छ । अर्को क्लासिको मार्चमा बर्नबेउमा हुने तय छ ।

स्पेनको स्वायत्त राज्य क्याटलानले लामो समयदेखि स्वतन्त्र राज्यको माग सहित आन्दोलन गर्दै आएको छ । सोही कारण ला लिगाले सर्वसाधारणको अशान्तको डरलाई सम्बोधन गर्दै सिजनको पहिलो एल क्लासिको सार्न दुवै क्लबलाई प्रस्ताव गरेको हो ।

खेल हुने दिन क्यालान शहरमा अझ बढी प्रदर्शन हुने सक्ने ला लिगाको अनुमान छ । गत सोमबारमात्र स्वयत्तताको आन्दोलनमा उत्रिएका ९ जना क्याटलानका नेताहरुलाई जेलमा राखिएपछि क्यालान क्षेत्र थप तनावग्रस्त हुदै आएको छ ।

बार्सिलोनाले ला लिगाको यो प्रस्तावलाई अनावश्यक रहेको बताएका छन् । रियाल म्याड्रिडले विरोधका बीच उनीहरुको स्टेडियममा जानुको सट्टा खेल नै पोस्टपोन्ड गर्नुपर्ने बताएका छन् । रियालले बर्नबेउमा नभइ कुनै अर्को स्टेडियममा खेल गराउन पनि माग गरेका छन् ।

क्याटालोनिया उत्तर पुर्वी स्पेनको एक अर्ध स्वयत्त क्षेत्र हो । सन् २०१७ मा भएको जनमत संग्रहमा अधिकांश जनताले स्वतन्त्रताको पक्षमा मतदान गरेपनि स्पेनको संवैधानिक अदालतले यसलाई अवैध घोषणा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *