रुविनाको उत्कृष्ट प्रर्दशन, काठमाडौंको फराकिलो जित
काठमाडौं । क्वाट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा पोखरा पल्टनलाई फराकिलो रन अन्तरले पराजित गरेको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले पोखरालाई ८२ रनले पराजित गरको हो। टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो ।
काठमाडौंको लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ८३ रनको अर्धशतकीय इनिङ्स खेलिन् । ६७ बलको सामना गरेकी रुबिनाले १४ चौका र २ छक्का प्रहार गरिन् ।यस्तै रोमा थापाले १९, सोभा आलेले १२ तथा ईश्वरी बिष्टले अविजित १० रन जोडिन ।पोखराकी अनुराधा चौधरीले ४ तथा कविता कुँवरले १ विकेट लिईन् ।
१५३ रनको फराकिलो लक्ष्य पछ्याएको पोखराले खराब ब्याटिङ गर्दै ७० रनमा समेटियो। पोखराका लागि सिता राना मगरले १७ तथा बिन्दु रावलले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्। काठमाडौंका सरस्वती कुमारी र अप्सरी बेगमले २–२ विकेट लिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment