नवनिर्वाचित क्रिकेट संघको पहिलो बैठकमा पारसको राजीनामाबारे छलफल गर्न केले रोक्यो ?

डिसी नेपाल
३० असोज २०७६ १६:२९

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आउदो कार्तिक ३ गते आइतबार बस्ने भएको छ । तर, यो बैठकमा नेपाली क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान पारस खड्काले हालै कप्तान पदबाट राजीनामा दिएको विषय भने एजेण्डामै छैन । पारसले नेपाल क्रिकेट संघमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले लगाएको निलम्बन फुकुवा भएसँगै राजीनामा दिएका थिए ।

आइतबार पहिलो बैठक मूलपानीमा बस्न लागेको बताइएको छ । यहाँ अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला पनि बनिरहेको छ । बैठकका लागि सबै पदाधिकारीहरुलाई खबर गरिसकिएको बताइएको छ । बैठकमा आइसीसीले निलम्बन फुकुवा गरेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ । यो बैठकले आइसीसीको निर्णयलाई औपचारिक रुपमा स्वागत गर्नेछ ।

यो बैठकमा कप्तान पारस खड्काको राजीनामाबारे छलफल गर्ने कुनै एजेण्डा छैन । क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार कप्तान खड्काले औपचारिक रुपमा क्यानलाई राजीनामा नबुझाएका कारण यो विषय एजेण्डा बन्न नसकेको हो । कप्तान खड्काले ामाजिक संजालमार्फत आफूले कप्तान पदबाट राजीनामा दिएको घोषणा गरेका थिए तर उनले लिखित रुपमा क्यानलाई राजीनामा बुझाएका छैनन् ।

आइसीसीले क्यानको निलम्बन फुकुवा गरिसकेको हुँदा अब उनले राजीनामा नेपाल क्रिकेट संघलाई बुझाउनुपर्छ त्यसपछि मात्र उनको राजीनामाले पूर्णता पाउँछ । अहिलेसम्म क्यानको आधिकारिक रेकर्डमा पारस नै कप्तान रहेकोले उनको राजीनामा छलफलको विषय नबनेको हो । यदि आइतबारको बैठकअगाडिम्म पारसले लिखित राजीनामा क्यानमा नबुझाएमा बैठकमा अनौपचारिक मात्र छलफल हुनसक्छ तर कुनै निर्णय भने हुने छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *