सान्चो बने सर्वाधिक अनुभवी युवा खेलाडी

डिसी नेपाल
१ कार्तिक २०७६ ६:४५

एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डका विंगर जाडन सान्चो सर्वाधिक अनुभवी युवा फुटबल खेलाडी बनेका छन् ।

फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको तथ्यांकअनुसार सान्चो विश्व फुटबलमा सर्वाधिक अनुभवी युवा खेलाडीको शीर्ष स्थानमा परेका हुन् ।

इंग्ल्याण्डका फरवार्ड सान्चो सन् २००० मा जन्मिएका थिए । र, १९ वर्षकै उमेरमा सान्चोले विश्व फुटबलमा आफुलाई उत्कृष्ट फरवार्डको रुपमा चिनाईसकेका छन् ।

यस्तै इंग्ल्याण्ड तथा टोटेनहमका मिडफिल्डर रायन सेसिगनन सर्वाधिक अनुभवी खेलाडीको दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै आयाक्सका किक पिएरिए तेस्रो, नर्विचका म्याक्स आरोन्स चौंथो र रियल मड्रिडका भिनिसस जुनियर पाँचौं स्थानमा रहेका छन् ।

सीआईईएसले निकालेको तथ्यांक हेर्न यहाँ क्लीक गर्नुहोस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *