फुटबल टिम स्वदेश फिर्ता

डिसी नेपाल
१ कार्तिक २०७६ ७:००

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेलमा जोर्डनसँग प्रतिस्पर्धा गरेको नेपाली टिम स्वदेश फर्किएका छन् ।

घरेलु टिम जोर्डनसँग मंगलबार राति प्रतिस्पर्धा गरेको नेपाली टिम बिहिबार बेलुका स्वदेश आईपुगेको हो । अष्ट्रेलियासँग प्रतिस्पर्धा गरेर जोर्डन पुगेको नेपाल घरेलु टिमसँग ३–० ले पराजित भएको थियो । जोर्डनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो ।

त्यसअघि नेपालले अष्ट्रेलियासँग ५-० को हार व्यहोरेको थियो । छनोटको समूह बी मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ । यस समूहमा अपराजित अष्ट्रेलिया ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *