भारतसँगको टी–२० सिरिजका लागि बंगलादेशको टिम घोषणा

डिसी नेपाल
१ कार्तिक २०७६ १०:२७

एजेन्सी । भारतविरुद्ध हुने तीन खेलको टी–२० क्रिकेट सिरिजका लागि बंगलादेशले टिम घोषणा गरेको छ। शाकिब अल हसनको कप्तानीमा घोषणा गरिएको टिममा लेफ्ट आर्म स्पिनर अराफात सनी र तीव्र गतिका बलर अल अमीनलाई बोलाइएको छ ।

यस्तै रुबेल हुसेनलाई भने टिममा राखिएको छैन् । बंगलादेश टिमका मुख्य चयनकर्ता मिन्हाजुल अबेदीनले अल अमीन अहिले उत्कृष्ट लयमा रहेकाले टिममा राखिएको बताए । अल अमीनले २०१६ मा भारतमा भएको टी–२० विश्वकपमा खेलेका थिए ।

यसैगरी अराफात सनीलाई ब्याकप स्पिनरको रुपमा राखिएको छ। तेजुल इस्लाम टेस्टमा मात्रै उपलव्ध हुने छन् । चयनकर्ताका अनुसार सौम्य सरकारलाई तेस्रो पटक प्रशिक्षकको आग्रहमा छनोट गरिएको छ ।

उनलाई टिममा नराख्ने मनस्थिति बनाए पनि प्रशिक्षककले भनेकाले टिममा राखिएको पनि बताए । भारत र बंगलादेशबीचको टी–२० नोभेम्बर ३ तारिखदेखि सुरु हुनेछ । त्यसपछि टेस्ट सिरिज सुरु हुने छ । टेस्ट सिरिजका लागि भने टिम घोषणा गरिएको छैन ।

बंगलादेश टिम

शाकिब अल हसन (कप्तान), तमीम इकबाल, नईम शेख, मुशफिकुर रहीम, महमदुल्लाह, अफीफ हुसैन, अमीनुल इस्लाम, अराफात सनी, लिटन दास, सौम्य सरकार, मोहम्मद सैफुद्दीन, अल अमीन हुसैन, मुस्तफिजुर रहमान, मोसाद्दक हुसैन र शफीउल इस्लाम


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *