राजधानीमा निर्माण सामग्रीमा ठगीको जालो, एकैपटक ‘डन’सहित २३ डिपोका सञ्चालक पक्राउ
तस्वीरः आर्यन धिमाल
काठमाडौं। प्रहरीले निर्माण सामाग्रीमा ठगी गर्ने २३ वटा डिपोका संचालकहरुलाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले ईटा, गिट्टी, बालुवा, चिप्स, ढुङ्गा ढुवानी गर्ने २३ जना संचालकलाई पक्राउ गरेको हो।
२३ जना संचालक नै काठमाडौं उपत्यकामा डिपो संचालन गर्दै आएका थिए।
उनीहरुले निर्माण सामाग्री ढुवानी गर्ने मिनि ट्रकहरुमा ५ ईन्च सम्मको फलामे र काठको बक्स बनाई राखी परिमाण कम गरी उपभोक्ताहरुलाई ठगी गर्ने गरेको पाइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा ग्राहकहरुलाई १०० क्यूफिट प्रति ढुवानी भनी बिक्रि गर्दा जम्मा ८२.६३ क्यूफिट मात्र निर्माण सामाग्री ढुवानी हुने गरेको पाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाले बताए।
जसअनुसार प्रति ढुवानीमा १६२० रुपैयाँ देखि २२०० सम्म ग्राहकहरुलाई नोक्सानी हुन पुगेको देखिएको महाशाखाले जनाएको छ। साथै महाशाखाले उक्त डिपोहरुबाट निर्माण सामाग्री लिई घर निर्माण गरी ठगिएका ग्राहकहरुलाई महाशाखामा सम्पर्क राख्न समेत आग्रह गरेको छ।
नियन्त्रणका क्रममा जेबिएस सप्लायर्सका संचालक एंव ‘बाघे’ डन भनेर चिनिने सुक बहादुर लामा समेत पक्राउ परेका छन्।








No ads found for this position

डिसी नेपाल
Facebook Comment