बीसीसीआईमा गांगुली आउनासाथ टिम छनोट बैठकमा रवि शास्त्रीलाई ‘नो इंट्री’

डिसी नेपाल
२ कार्तिक २०७६ ९:२६

एजेन्सी । भारतीय टिमका पूर्व कप्तान सौरभ गांगुलीले छिट्टै आफ्नो नयाँ पारीको सुरुवात गर्दैछन्। सौरभ भारतीय क्रिकेट कंट्रोल बोर्ड(बीसीसीआई)को नयाँ अध्यक्षको रुपमा २३ अक्टोबरदेखि आफ्नो कार्यभार समाल्दै छन्।

आफ्नो कार्यकाल सुरु गर्न भन्दा पहिला नै गांगुलीले भारतीय टिमका मुख्य कोच रवि शास्त्री अबदेखि छनोट समितिको बैठकमा उपस्थित हुन नपाउने निर्णय गरेका छन्। बंगलादेशसँगको सिरिजका लागि भारतीय टिमको छनोट २४ अक्टोबरमा हुँदैछ भने गांगुलीले २३ अक्टोबरदेखि बीसीसीआईको अध्यक्ष पदको कुर्सी समाल्नेछन्।

टिम छनोटको समय समितिका सदस्य, कप्तान कोहली र बोर्डका सचिव उपस्थित हुनेछन्। तर कोच रवि शास्त्री भने उक्त बैठकमा भात लिन पाउने छैनन्। भारतीय टिमका कोच शास्त्री र बीसीसीआईका नयाँ अध्यक्ष गांगुली बिचको मतभेदको कहानी प्रख्यात रहेको छ।

सन् २०१७ को च्याम्पियन्स ट्रफिको समयमा कोच रहेका अनिल कुंबले र कप्तान कोहलीबिचत भएको मतभेदको कारण कुंबलेले राजिनामा दिएका थिए। त्यसपछि कोहलीले शास्त्रीलाई कोच बनाउन सिफारिस गरेका थिए। तर गांगुली उक्त मागको विपक्षमा रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *