सकियो गोदावरी पुष्पमेला, अन्तिम दिन यस्तो देखियो (फोटोफिचर)

डिसी नेपाल
४ कार्तिक २०७६ १८:४६

काठमाडौं। फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा शुक्रबारदेखि ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आज (साेमबार) सम्पन्न भएको छ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ शुरु भएको सो प्रदर्शनीको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उद्घाटन गरेका थिए।

जावलाखेलको खेल मैदानमा आयोजित १३ औँ पुष्प प्रदर्शनीमा व्यावसायिक ४४, सूचनामूलक चार र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी एकसहित कूल ४९ कक्ष राखिएको थियो।

यसवर्षको मेलामा करीब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *