भारतसँगको सिरिज अगाडी बंगलादेशका क्रिकेटर आन्दोलनमा, माग पुरा नभए नखेल्ने

डिसी नेपाल
५ कार्तिक २०७६ ९:३६

एजेन्सी । बंगलादेशका क्रिकेटहरुले कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नहुने घोषणा गर्दै आन्दोलनमा उत्रिएका छन्।

विभिन्न माग राखेर आन्दोलनको घोषणा गर्दै क्रिकेटहरुले माग पूरा नभएसम्म कुनै पनि प्रतियोगिता नखेल्ने बताएका छन्। जसका कारण तत्कालका लागि बंगलादेशको पहिलो श्रेणीको प्रतियोगिता र आगामी महिना हुने भारत भ्रमण प्रभावित हुने भएको छ।

आन्दोलनको नेतृत्व पूर्व कप्तान सकिब अल हसनसहित मोहमुदुल्लाहले गरिरहेका छन्। खेलाडीहरुले ११ बुँदे माग राखेका छन्। जसमा बंगलादेश प्रिमियर लिग तत्काल संचालन गर्नु पर्नेदेखि खेलाडीको तलब बृद्धिसम्मका छन्।

खेलाडीहरुले ढाका प्रिमियर लिग पहिलेकै फर्म्याटमा हुनु पर्ने, बंगलादेश प्रिमियर लिग तत्काल संचालन गर्दै स्थानीय खेलाडीको मूल्य पनि विदेशी खेलाडीको जतिकै हुनु पर्ने, पहिलो श्रेणीको क्रिकेट खेल्ने खेलाडीको तलब कम्तिमा १ लाख टाका हुनु पर्ने, प्रशिक्षणका लागि सुविधा बढाउनु पर्ने, सम्झौता गरिएको खेलाडीको संख्या ३० भन्दा माथि पुर्‍याउनु पर्ने लगायतका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *