असन बजारमा तिहारको चहलपहल (फोटोफिचर)
काठमाडौं। यस वर्षको तिहार आगामी कात्तिक ८ गते शुक्रबारदेखि सुरु हुँदैछ। तिहार सुरु हुन अब दुई दिन मात्रै बाँकी छ। तिहार नजिकिएसँगै बजारहरुमा मानिसहरुको भीड लाग्न थालेको छ।
काठमाडौंको निकै अस्तव्यस्त रहने बजार असनमा पनि तिहारका लागि चाहिने सामाग्रीहरु बिक्रीवितरण हुन थालिसकेको छ।
व्यापारीहरुले विशेष गरेर भाइटीकाको दिन आवश्यक पर्ने भाइ मसाला, मखमली फूलको माला, ओखर, सप्तरंगी टीका, दियो लगायतका सामाग्री बिक्रिका लागि राखिसकेका छन्।

तिहारको पहिलो दिन कात्तिक ८ गते शुक्रबारदेखि यमदीपदान, कात्तिक ९ गते शनिबार कागतिहार रहेको छ। हरेकजसो तिहारमा गाईपूजा र लक्ष्मीपूजा एकै दिन पर्ने भए पनि यो वर्ष भने लक्ष्मीपूजा कुकुर तिहारको दिन परेको छ र गाइपूजा त्यसको भोलिपल्ट सोमबार परेको छ।
कात्तिक ११ गते गाईगोरु पूजा, म्हपूजा पर्ने भनिएको छ। तर नेपाल सम्वतको प्रारम्भ भने कात्तिक १२ गतेमात्र हुनेछ। म्ह पूजाको दिन नै नेपाल सम्वत प्रारम्भ हुने भए पनि यस वर्ष भने म्हः पूजाको भोलिपल्टदेखि नेपाल सम्वतको नयाँ वर्ष ११४० प्रारम्भ हुनेछ। भाइटीका कात्तिक १२ गते पर्ने र शुभसाइत दिनको ११ः५५ मा रहेको छ।










No ads found for this position

डिसी नेपाल
Facebook Comment