च्याम्पियन्स लिगमा रियलको पहिलो जित

डिसी नेपाल
६ कार्तिक २०७६ ६:०७

एजेन्सी । स्पेनिस महारथी क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा पहिलो जित हासिल गरेको छ। मंगलबार राति भएको खेलमा टर्किस क्लब गलातासारेमाथि १–० को जित निकाल्दै रियलले नयाँ सिजन प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

टोनी क्रुसले १८ औ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाउन सफल रहे । यसै सिजन रियल आएका ईडेन हजार्डको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । सोही कारणले रियलले अग्रता दोब्बर बनाउने मौका चुकाएका थियो ।

समूह एको खेलमा रियल मड्रिडले तीन खेलबाट ४ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । गलातासारे १ अंक सहित पुछारमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *