लिभरपुलको सहज जित

डिसी नेपाल
७ कार्तिक २०७६ ७:१५

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिगमा सहज जित निकालेको छ । बुधबार राति भएको समूह ईको खेलमा लिभरपुलले बेल्जियमको केआरसी जिन्कलाई ४–१ गोल अन्तरले हराएको हो ।प्रि

मियर लिगको शीर्ष स्थानको क्लब लिभरपुलले च्याम्पियन्स लिगको समूह चरणमा प्रभावशाली जित निकाल्ने क्रममा एलेक्स ओक्सलाडे चेम्बरलेनले दुई, साडियो माने र मोहमद सलाहले एक एक गोल गरे ।

प्रिमियर लिगमा अपराजित रहन सफल लिभरपुलले अघिल्लो हप्तामात्र म्यान्चेष्टर युनाईटेडसंग बराबरी खेल्दै अंक बाँडेको थियो । खेलमा अग्रता लिभरपुलले दोस्रो मिनेटमा चेम्बरलेनको गोलबाट लिएको थियो । दोस्रो गोलका लागि लिभरपुलले दोस्रो हाफनै कुर्न पर्यो ।

५७ औ मिनेटमा चेम्बरलेनले लिभरपुलको अग्रता दोब्बर पारे । साडियो मानले ७७ औ मिनेटमा लिभरपुललाई ३–० ले अघि बढाए । खेल सकिन तीन मिनेट बाँकी छदाँ सलाहले गोल गर्दै लिभरपुललाई ४–० ले अघि बढाएका थिए । तर लगत्तै घरेलु टोलीका ओडीले गोल गर्दै हार अन्तरलाई घटाउने काम गरेका थिए ।

लिभरपुलले आगामी आईतबार प्रिमियर लिगमा टोटेनहमसंग प्रतिस्पर्धा गर्नेछ । जितपछि लिभरपुलले समूह ईको दोस्रो स्थानमा आएको छ । उसले ३ खेलबाट ६ अंक जोडेको छ । शीर्ष स्थानको नापोलीको ७ अंक छ । जेन्क १ अंक सहित तालिकाको पुछारमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *