बंगलादेशसँगको टी–२० सिरीजमा कप्तान कोहलीलाई आराम, धोनी टिममा परेनन्
एजेन्सी । बंगलादेशविरुद्धको टी–२० सिरीजका लागि कप्तान विराट कोहलीलाई आराम दिइएको छ । उनको स्थानमा टिमको कप्तानी रोहित शर्माले गर्ने भएका छन ।
नोभेम्बर महिनामा भारतमा हुने सिरीजका लागि बीसीसीआईले कोहलीलाई आराम दिइएको हो । यस्तै मुम्बईका अलराउण्डर सिभम दुबेले पहिलो पटक टिममा स्थान बनाएका छन । यस्तै विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनले टिममा कमब्याक गरेका छन ।
सामसानले अन्तिम पटक २०१५ मा जिम्बावे विरुद्ध हरारेमा खेलेका थिए । यस्तै पूर्व कप्तान महेन्द्रसिंह धोनी यो सिरीजमा पनि टिममा परेका छैनन् । भारतले बंगलादेश विरुद्ध तीन वटा टी–२० खेल खेल्नेछ । तीन देखि १० नोभेम्बरमा हुने सिरीज दिल्ली, राजकोट र नागपुरमा हुनेछ ।
टी–२० मा आराम दिइएपनि कप्तान विराट कोहलीलाई दुई टेष्ट सिरीजका लागि टिममा राखेको छ । भारतले बंगलादेशसँग कोलकाता र इन्दोरमा दुई वटा टेष्ट खेल्नेछ ।सर्जरीका कारण जसप्रित बुम्राह र हार्दिक पाण्डे टिम बाहिर रहेका छन । दुबै खेलाडीलाई इंग्ल्याण्ड विरुद्धको सिरीजमा चोट लागेको थियो ।
टी–२० टिमः रोहित शर्मा (कप्तान), शिखर धवन, के एल राहुल, सञ्जु शामसन (विकेटकिपर), श्रेयस ऐर, मनिस पाण्डे, रिषभ पन्त (विकेटकिपर), वाशिंटन सुन्दर, कु्रनाल पंड्या, यूजभेन्द्र चहल, राहुल चहर, दिपक चहर, खलिल अहमद, शिभम दुबे, शार्दुल ठाकुर
टेष्ट टिमः विराट कोहली (कप्तान), रोहति शर्मा, मयंक अग्रवाल, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, हनुमा विहारी, रिद्धिमान शाहा, रविन्द्र जडेजा, रवि अश्वीन, कुलदिप यादव, मोहम्मद शमी, उमेश यादव, इशान्त शर्मा, शुभमन गील, रिषभ पन्त
No ads found for this position


डिसी नेपाल
Facebook Comment