आज नेपाली यु-२३ टोली र म्यान्माबीच मैत्रीपूर्ण फुटबल हुँदै

डिसी नेपाल
८ कार्तिक २०७६ १३:०१

काठमाडौँ । नेपाली २३ वर्षमुनि (यु–२३) राष्ट्रिय फुटबल टोलीले आज म्यान्मासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ।

नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले म्यानमालाई हराउने उद्देश्यका साथ मैदानमा उत्रने भएको छ।

कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल राति ९ः१५ बजे शुरु हुनेछ।

साग भने आगामी मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा हुँदैछ । नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जना विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी र तेज तामाङ छन्।

त्यसैगरी अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ र अर्पन कार्की छन् । त्यसैगरी दीप कार्की, देव लिम्बू, विकास खवास, रोमन लिम्बू, नितिन थापा, सेसेहाङ आङदेम्बे, मिक्चेन तामाङ, रामचन्द्र बाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन र सुमन अर्याल छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *