सागका लागि भलिबल टिमको घोषणा

डिसी नेपाल
९ कार्तिक २०७६ ८:१४

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्ने पुरुष भलिबल टिमको टुङ्गो लागेको छ ।

शुक्रबार भएको अन्तिम छनोटबाट साग खेल्ने १४ सदस्यीय राष्ट्रिय पुरुष टिमको टुङ्गो लागेको हो । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट ४ खेलाडी बाहिरिएका छन् । बाँकी १४ खेलाडीले अन्तिम टोलीमा स्थान बनाएका छन् ।

राष्ट्रिय टिममा पर्न सफल खेलाडीमा ईम राना, राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरी हजुर थापा, टेकराज अवस्थी, हरी अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, ईश्वर थापा मगर, विनोद चन्द, विशाल विक, शरण सम्री क्षेत्री, कुलबहादुर थापा, रविन चन्द रहेका छन् ।

त्यस्तै, नरेन्द्र गिरी, दिपकराज जोशी, दुर्गा महतो र राजु शेरचन टिमबाट बाहिरिएका छन् । साग खेलकुद मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुदैछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *