धोनीको विषयमा मुख्य प्रशिक्षक रवि शास्त्री टिमका छनोटकर्ताहरुसँग असहमत

डिसी नेपाल
९ कार्तिक २०७६ ११:३६

एजेन्सी। भारतीय क्रिकेट टिमका मुख्य कोच रवि शास्त्रीले टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीको विषयमा टिमका छनोटकर्ताहरुभन्दा फरक राय दिएका छन् । शास्त्रीका अनुसार १५ वर्ष देशका लागि खेलेका धोनीलाई थाहा छ कि उनले कहिले सन्यास लिनुपर्छ । शास्त्रीले भने ‘धोनीले भारतीय क्रिकेटका लागि जे गरे त्यसबाट उनले आफूखुसी सन्यासको फैसला गर्ने अधिकार हासिल गरेका छन् ।’

धोनीको विषयमा शात्रीको यो राय छनोटकर्ताहरुको भन्दा फरक छ । यसअघि बीसीसीआइका मुख्य छनोटकर्ता एमएसके प्रसादले भनेका थिए ‘हामी धोनीभन्दा अगाडि बढिसकेका छौं । विश्वकपपछि हामी प्रस्ट छौं । हामीले ऋषभ पन्तलाई समर्थन गर्न सुरु गर्यौं र उनले राम्रो गरिरहेको देख्यौं । उनले राम्रो नगरेको भए पनि हामीले प्रस्ट पारिसकेका छौं कि हामी केवल उनीमाथि ध्यान दिनेछौं ।’

छनोटकर्ताको भन्दा फरक मत राख्ने शास्त्रीले भने ‘१५ वर्ष खेलेका खेलाडीलाई के यो थाहा छैन होला कि कतिबेला के गर्नुपर्छ ? जब उनले टेस्टबाट सन्यास लिए त्यतिबेला उनले के भनेका थिए ? यही कि ऋद्धिमान साहालाई किपिङ ग्लब्स सुम्पिने यो सही समय थियो ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *