अस्ट्रेलियासँग श्रीलंकाको लज्जास्पद हार
एजेन्सी । अस्ट्रेलिया भम्रणमा रहेको श्रीलंकाले पहिलो टी–२०मा घरेलु टोलीसँग नराम्रो हार ब्यहोरेको छ। एडिलेडको ओभल मैदानमा भएको खेलमा अस्ट्रेलियाले पाहुना टोली श्रीलंकालाई १३४ रनले पराजित गरेको हो।
२३४ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै ९९ रन बनायो। श्रीलंकाका दशुन शनाकाले १७ तथा कुशल परेराले १६ रन बनाए। यस्तै अोसाडा फर्नान्डोले १३ रन बनाउँदा दनुश्का गुणातिलका र कप्तान मलिंगाले ११–११ रन बनाए भने अन्य खेलाडी दोहारो रन बनाउन सकेनन्। अस्ट्रेलियाको जितमा एडम जाम्पाले ३ विकेट लिए। यस्तै मिचेल स्टार्क र प्याट कमिंसले २–२ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ओभरमा दुई विकेट गुमाएर २३३ रन बनाएको थियो।। अस्ट्रेलियका लागि डेभिड वार्नरले शानदार सतक बनाए।
टी–२० अन्तर्राष्ट्रियमा पलिहो सतक बनाउने क्रममा उनले ५६ बलमा १० चौका र ४ छक्का लगाए। यस्तै कप्तान आरोन फिन्चले ६४ रन बनाए। ग्लेन म्याक्सवेलले विस्फोटक ब्याटिङ गर्दै २८ बलमा ६२ रन बनाए।
जितसँगै तीन खेलको सिरिजमा अस्ट्रेलिया १–० ले अगाडी भएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment