भारतमा खेल्न जाने यू–१९ ए क्रिकेट टिम घोषणा

डिसी नेपाल
१३ कार्तिक २०७६ १४:५३

काठमाडौं । भारतमा आयोजना हुने यू–१९ च्यालेन्जर्स सिरिजका लागि नेपालले क्रिकेट टिमको घोषणा गरेको छ । आईसीसीले ४ खेलाडीलाई रिजर्भ राखेर १६ सदस्यीय टिम घोषणा गरेको रमन शिवाकोटीले जानकारी दिएका छन्। पूर्व मुख्य प्रशिक्षक जगत टमटाको संयोजकत्वमा रहेको छनोट समितिको छनोटअनुसार आईसीसीले भारतमा खेल्न जाने दोस्रो तहको यू–१९ टिम घोषणा गरेको हो। छनोट समितिमा यू–१९ का प्रशिक्षक विनोद दास र पूर्व क्रिकेटर राजु खड्का (सेलेक्टर) रहेका थिए।
रित गौतमको कप्तानीमा १६ सदस्सीय नेपाली टोलीको घोषणा गरिएको।

भारतको हैदरावादमा हुने यू–१९ च्यालेन्जर्स सिरिज नोभेम्बर ११ देखि १७ सम्म हुनेछ। सिरिजमा भारतको तीन टिम रहने छन् । जसलाई भारत ‘ब्लु’, भारत ‘रेड’ र भारत ‘एल्लो’ नाम दिइएको छ।

नेपाली टिम यस प्रकार छः

रित गौतम (कप्तान)
लोकेश बहादुर बम
तृत राज दास
विशाल बिक्रम केसी
खडक बोहोरा
अविशेख बस्नेत
हरि बहादुर चौहान
अरुण ऐरी
कुशल मल्ल
विवेक कुमार यादव
सुर्य तामाङ
तिलक राज भण्डारी
शेर मल्ल
आकाश चन्द
प्रतिष जिशि
गौतम केसी

रिजर्भ खेलाडीः

दिपक बोहोरा
दुर्गेस गुप्ता
निखिल कुमार सिंह
सोनु देवकोटा।

आईसीसीले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेपछि अझै जिम्मेवारी हस्तान्तरण नगरेकाले टिम आईसीसीले नै छनोट गरिरहेको छ। यसअघि यू – १९ महिला टिम पनि आईसीसीले नै घोषणा गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *