ज्ञानेन्द्र कप्तान बनेपछि पारसको शुभकामना

डिसी नेपाल
१३ कार्तिक २०७६ १५:३८

काठमाडौं। ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान बनेका छन्। मल्ल कप्तान बनेपछि पूर्वकप्तान पारस खड्काले उनलाई सफलताको शुभकामना दिएका छन्। पारसले कप्तानबाट राजीनामा दिएपछिनेपाल क्रिकेट संघ (क्यान)ले बुधबार मल्ललाई कप्तान बनाउने निर्णय गरेको क्यान महासचिब अशोकनाथ प्याकुरेलले जानकारी दिए। मल्ल क्यानले अर्को निर्णय नगर्दासम्मका लागि कप्तान बनेको उनले डिसी नेपाललाई जानकारी दिए।

सामाजिक सञ्जालमा शुभकामना सन्देश दिँदै पूर्वकप्तान पारसले मल्ल कप्ताका लागि उपयुक्त खेलाडी भएको र सोहीअनुसार जिम्मेवारी पाएको टिप्पणी गरेका छन्। उनले ज्ञानेन्द्रको कप्तानमा नेपाली क्रिकेट अझ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। ज्ञानेन्द्र एक अनुसासित र मेहनिती क्रिकेटर भएको बताएका छन्।

२९ वर्षीय मल्ल अण्डर–१५ देखि सिनियर टिममा आएका शीर्षक्रमका ब्याट्सम्यान हुन्। उनले तत्कालिन कप्तान पारस खड्काको अनुपस्थितिमा नेपाली टिमको नेतृत्व गरिसकेका छन्।

पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि क्यानले नयाँ कप्तानको खोजी गरेको थियो। कप्तानको दौडमा अरु खेलाडी पनि थिए। तर, अन्तिम मल्लले कप्तानका रुपमा जिम्मेवारी पाएका हुन्।

मल्ले हालसम्म ६ अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा एक अर्धशतक सहित १४३ रन बनाएका छन्। उनको ओडीआई उच्च स्कोर ५१ हो। यस्तै उनले २१ टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ३३४ रन बनाएका छन्। जसमा एक अर्धशतक ५१ उच्च स्कोर रहेको छ।

मल्लले लिस्ट एका ४३ खेलमा ९१ रनको उच्च स्कोरमा १०४७ रन बनाएका छन्। मल्ल घरेलु फेन्चाइज लिगमा पनि कप्तानी गरिसकेका हाल टिममा रहेका सबैभन्दा अनुभवी खेलाडी मध्ये एक हुन्।

यसैबीच क्यान निलम्बनपछि पनि आईसीसीले दुई वटा नेपाली टिम घोषणा गरेको छ। यू–१९, महिला र पुरुष टिम आईसीसीले घोषणा गरेको हो। संक्रमणकालमा रहेकाले र केही पक्रिया बाँकी रहेकाले आगामी केही दिनसम्म आईसीसीले नै टिम घोषणा गर्ने महासचिब प्याकुरेलले जानकारी दिए। उनले भने, ‘निलम्बन फुकुवापछि पनि केही प्रक्रिया बाँकी छन्, त्यसैले आईसीसीले नै टिम घोषणा गरिरहेको छ। हामीले केही प्रक्रिया पूरा गर्नुपर्ने छ, त्यो पूरा भएपछि क्यानले टिम घोषणा गर्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *