रोनाल्डोको निर्णायक गोलमा युभेन्टस विजयी, सिरी ‘ए’को शिर्ष स्थानमा
एजेन्सी । युभेन्टस इटालियन सिरि ‘ए’को शीर्ष स्थानमा फर्किएको छ । जिनोआलाई २–१ ले हराएपछि युभेन्टसले दोस्रो स्थानको इन्टरमिलानलाई एक अंकले पछि पार्न सफल भयो ।
घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउका लागि रोनाल्डोको अन्तिम समयको पेनाल्टी गोल निर्णायक बन्यो । खेलमा दुबै टिमका एक एक खेलाडीले रातो कार्ड पाएका थिए। जिनोआका गोलकिपरले दोहारो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ९ खेलाडीमा सीमित भएको थियो। । ३६औं मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

त्यसको चार मिनेटपछि नै क्रिष्टियान कोवामेले जिनोआका लागि गोल गर्दै खेल बराबरीमा पु¥याए । ५१औं मिनेटमा जिनोआका फ्रान्सिस्को कासाटाले रातो कार्ड पाएपछि पाहुना टोली केही कमजोर बन्यो । लगत्तै खेलको ५७औं मिनेमा गोलरक्षक फेडेरिको मार्केत्ती दोहारो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि जिनोआ ९ खेलाडीमा सीमित भयो ।८७औं मिनेटमा एड्रियन राबियोटले रातो कार्ड पाएपछि यूभेन्ट्स पनि १० खेलाडीमा सिमित भएको थियो।
इन्ज्युरी समयको छैटौं मिनेटमा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै टिमलाई जित दिलाए । युभेन्टसले १० खेलबाट २६ अंक बनाएको छ । दोस्रो स्थानको इन्टरमिलानाको २५ अंक छ भने जिनोआ आठ अंक जोड्दै १७औं स्थानमा छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment