न्यूजिल्याण्डद्वारा इंग्ल्याण्डलाई १५४ रनको लक्ष्य
एजेन्सी । न्यूजिल्याण्डको भ्रमणमा रहेको इंग्ल्याण्डले आज घरेलु टोलीसँग पहिलो टी–२० खेल्दैछ। क्राइस्टचर्चमा भएको पहिलो खेलमा घरेलु टोली न्यूजिल्याण्डले इंग्ल्याण्डलाई १५४ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५३ रन बनायो। न्यूजिल्याण्डका लागि रस टेलरले सर्वाधिक ४४ रन बनाए भने टिम सेफर्टले ३२ तथा डेरी मिसेलले ३० रन बनाए। इंग्ल्याण्डका क्रिश जोर्डनले २ विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment