पहिलो टी–२० मा इंग्ल्याण्ड विजयी

डिसी नेपाल
१५ कार्तिक २०७६ १०:०३

एजेन्सी । न्यूजिल्याण्डको भ्रमणमा रहेको इंग्ल्याण्डले घरेलु टोलीसँगको पहिलो टी–२० खेलमा जित हासिल गरेको छ। क्राइस्टचर्चमा भएको पहिलो खेलमा घरेलु टोली न्यूजिल्याण्डलाई इंग्ल्याण्डले ७ विकेटले हराएको हो।

न्यूजिल्याण्डले दिएको १५४ रनको लक्ष्य इंग्ल्याण्डले १८.३ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो। इंग्ल्याण्डका लागि जेम्स भिन्सले अर्धसतकिय पारी खेले। उनले ३८ बल खेलेर ५९ रन बनाए। यस्तै जोनी बेयरस्टोले ३५ तथा कप्तान इयोन मोर्गनले ३४ रन बनाए। न्यूजिल्याण्डका मिचेल शान्टनरले ३ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५३ रन बनाएको थियो। न्यूजिल्याण्डका लागि रस टेलरले सर्वाधिक ४४ रन बनाए भने टिम सेफर्टले ३२ तथा डेरी मिसेलले ३० रन बनाए। इंग्ल्याण्डका क्रिश जोर्डनले २ विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *