सन्दिप बने एक वर्षमा सर्वाधिक धेरै देशमा गएर टी–२० खेल्ने पहिलो खेलाडी

डिसी नेपाल
१५ कार्तिक २०७६ ११:२५

काठमाडौं । नेपालका लेगस्पिनर सन्दीप लामिछाने एक वर्षको अवधिमा सर्वाधिक देशमा गएर टी–२० क्रिकेट खेल्ने पहिलो खेलाडी बनेका छन् ।

सन् २०१८ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्मको अवधिका आधारमा अन्तर्राष्ट्रिय म्याग्जीनले गरेको सर्वेक्षणमा सन्दीपले टी २० तर्फ सर्वाधिक देशमा गएर क्रिकेट खेल्ने रेकर्ड बनाएका हुन् । सन्दीपले यो अवधिमा ८ देशमा गएर टी २० खेलेका छन् ।

उनीसँगै आठ देशमा गएर क्रिकेट खेल्ने रेकर्ड अफगानिस्तानका नजिवुल्लाह जर्दानको नाम पनि रहेको छ । सन्दीपले आईपीएल, बिग बास लिग, सीपीएल, बीपीएल र पिएसएल खेलेका छन् । यो बीचमा उनले नेपालका लागि तीन वटा एक दिवसीय र ११ वटा टी २० पनि खेल्न भ्याएका छन् ।

सन्दीप लेगस्पिनर बलर हुन् । उनको माग विश्वका हरेकजसो ठूलो फ्रेन्चाईज लिगमा हुने गर्छ । यसैका आधारमा उनी विश्वका हरेक लिगमा जाने गरेका छन् ।

सन्दीप एक वर्षको अवधिमा सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा अफगानिस्तानका रासिद खान छन् । उनले एक वर्षमा १३५५ बल बलिङ गर्दा सन्दीपले ९८५ बल बलिङ गर्दै दोस्रो स्थानमा राखेका हुन् । यस्तै उनी धेरै टिमबाट खेल्ने सूचीको दास्रो नम्बरमा रहेका छन्। उनी एक वर्षमा ७ टिमबाट टी–२० खेलेका छन्। उनीसँगै दोस्रो स्थानमा वेष्ट इंडिजका विस्फोटक ब्याट्ुसम्यान क्रिश गेल र साउथ अफ्रिकाका कलिन इन्ग्राम रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *