नेइमारलाई फर्काउन बार्सिलोनाका खेलाडीहरु त्याग गर्न तयार

डिसी नेपाल
१५ कार्तिक २०७६ १२:३५

काठमाडौं। बार्सिलोनाका सेन्टर ब्याक गेरार्ड पिकले नेइमार बार्सिलोना छाडेर पिएसजी जान लाग्दा आफूले उनलाई सचेत गराएको खुलासा गरेका छन् । उनले आफूहरु पुनः नेइमारलाई बार्सामा स्वागत गर्न तयार रहेको बताए ।

३२ वर्षे यी खेलाडीले आफूहरुले क्लवका अध्यक्ष जोसेप मारिया बार्टेमोउलाई नेइमारलाई ल्याउने प्रयासमा सघाउन कतिसम्म प्रयास गरेका थिए भन्ने समेत खुलासा गरे । नेइमारलाई क्लवमा ल्याउने क्रममा ठूलो खर्च गर्दा बार्सिलोनाले युइएफएको फाइनान्सियल फेयरप्लेको नियमअनुसार अधिकतम खर्चको तोडिने समस्या थियो ।

‘नेइमार फेरि बार्सिलोनामा ? फुटबलमा जे पनि हुन सक्छ’ पिकले एल लार्गुएरोसँग भने ‘हामीले उनलाई पहिल्यै भनेका थियौं – तिमी सुनको पिंजडामा जाँदैछौ । बार्सिलोना फर्कनको लागि उनलाई ढोकाहरु सधैं खुल्ला छन् ।’

नेइमार बार्सिलोना फर्कन चाहेको भनेर चलेको चर्चा सत्य भएको पिकले बताए । उनले अगाडि भने ‘हामीले अध्यक्ष बार्टोमेउलाई भनेका थियौं कि नेइमारलाई ल्याउने क्रममा धेरै खर्च भएपछि फाइनान्सियल फेयरप्ले नियमसँग समायोजन मिलाउँदा हाम्रो तलब ढिलो आउँछ भने हामी यसका लागि तयार छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *