सन् २०२१को टी २० विश्वकप छनोटका लागि नयाँ नियम बनाउँदै आईसीसी!

डिसी नेपाल
१५ कार्तिक २०७६ १३:०७

एजेन्सी । सन् २०२१ मा हुने टी २० विश्वकपका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले ग्लोबल छनोट खेल्नुपर्ने प्रणाली हटाउने तयारी गरेको छ । सो विश्वकपका लागि क्षेत्रीय छनोटमा सफल हुने टिमले विश्वकप छनोट खेल्ने नयाँ नियम बनाउन लागेको छ ।

आइसीसीले भारतमा हुने टी २० विश्वकपका लागि १२ टिमले सोझै स्थान पाउने र चार टिमले आफ्नो महादेशको रिजनल छनोट खेलेर आउनुपर्ने नयाँ नियम बनाउन लागेको हो । सन् २००८ मा एसोसियट टिमका लागि विश्वकप खेल्ने ढोका खोल्नका लागि ग्लोबल छनोट खेल्नुपर्ने नियम बनाएको थियो । तर अब यो प्रणाली लामो र बजेट पनि धेरै खर्च हुने भन्दै आइसीसीले रिजनल छनोटको विजेताले सोझै विश्वकपमा स्थान बनाउने नियम बनाउन लागेको छ ।

लगातार २ बर्षमा दुई वटा टी २० विश्वकप हुन लागेको र जसका लागि छनोटको लामो प्रक्रिया संभव नभएकाले यो नियम लगाउने तयारीमा छ । यो नयाँ प्रस्तावमा तल्लो बरियतामा रहेका देशका लागि बढि फाइदा हुनेछ । उनीहरुलाई आइसीसीले केहि बजेट पनि दिने तयारीमा छ । तर उनीहरुलाई विश्वकपसम्म पुग्न भने निकै कठिन हुनेछ ।

नयाँ नियम अनुसार २०२० विश्वकपमा सुपर १२ मा पुग्ने टिमले २०२१ को विश्वकपमा सोझै स्थान बनाउनेछन । जसमा ती मध्ये आठ टिम आइसीसीको बरियता अनुसार सोझै समुह चरणको ड्र मा पर्नेछन । त्यसमा बाँकि श्रीलंका, बंगलादेश, आयरल्याण्ड, पीएनजी, नेदरल्याण्ड्स, नामिबीया, स्कटल्याण्ड र ओमान सुपर १२ मा परेन भने पहिलो चरणबाट खेल्नुपर्नेछ । बाँकी चार टिम क्षेत्रीय छनोटबाट आउनेछन ।

नयाँ नियम अनुसार विश्वकपमा स्थान बनाउनका लागि युरोपियन रिजनबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड, आयरल्याण्ड, जर्सी र जर्मनीले प्रतिस्पर्धा गर्नुपर्नेछ । एसिया रिजनबाट ओमान, श्रीलंका, बंगलादेश जसले सुपर १२ मा स्थान बनाउन सकेनन् उनीहरुसँग नेपाल र युएई, सिंगापुर र हङकङले खेल्नुपर्नेछ र शिर्ष स्थानमा रहने टिमले विश्वकपमा स्थान बनाउनेछ ।

यसको अर्थ एसोसियट टिमले २०२१ को विश्वकपमा स्थान बनाउन श्रीलंका र बंगलादेशले २०२० को विश्वकपमा शिर्ष १२ मा पुग्नुपर्नेछ । आइसीसीको आगामी मार्चमा बस्ने कार्यमिती बैठकले ग्लोबल छनौट सम्बन्धि अन्तिम निर्णय गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *