प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ

डिसी नेपाल
१५ कार्तिक २०७६ १४:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई बधाइ दिएका छन् ।

बुधबार कप्तानमा नियुक्त भएका मल्ललाई प्रधानमन्त्री ओलीले आज शुक्रबार बधाइ दिएका हुन् । ट्वीटमार्फत् शुभकामना दिएका ओलीले मल्लको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

मल्ल बुधबार कप्तान नियुक्त भएका थिए तर सोही दिन बिहान ९ बजे प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि ग्राण्डी अस्पताल पुगेका थिए । अस्पतालमा भर्ना भएका कारण प्रधानमन्त्रीले तत्कालै बधाइ दिन पाएका थिएनन् । बिहीबार राती मात्र अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्रीले शुक्रबार मात्र कप्तानलाई बधाइ दिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *