श्रीलंकाविरुद्धको टी–२० सिरिज अस्ट्रेलियाद्वारा क्लिन स्वीप

डिसी नेपाल
१६ कार्तिक २०७६ ६:४५

एजेन्सी । श्रीलंकाविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिजमा घरेलु टोली अष्ट्रेलियाले क्लिन स्वीप गरेको छ ।

मेलबर्नमा शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलिया ७ विकेटले विजयी भयो । यो जितसँगै अष्ट्रेलियाले सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

श्रीलंकाविरुद्ध अष्ट्रेलियाले पहिलो खेल १ सय ३४ रनले जित निकालेको थियो । यस्तै दोस्रो खेलमा ९ विकेटको जित निकालेको थियो ।

श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले अविजित रहदै ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *