जोकोभिच र नाडाल पेरिस मास्टर्सको सेमिफाइनलमा प्रवेश

डिसी नेपाल
१६ कार्तिक २०७६ ७:१०

एजेन्सी । दोस्रो वरियताका स्पेनिस खेलाडी राफेल नाडल पेरिस मास्टर्सको सेमिफाइनलमा पुगेका छन् । फ्रेन्च खेलाडी जो विल्फ्रेइड सोंगालाई २–० को सहज सेटमा हराउँदै नाडल अन्तिम चारमा स्थान बनाउन सफल भए ।

१९ पटकका ग्राण्डस्लाम विजेता नाडलले सोंगालाई ७–६(६–४) र ६–१ ले हराएका थिए । अब नाडलले सेमिफाइनलमा क्यानडाका डेनिस शापोभालोभसँग खेल्नेछन् । उनले क्वार्टर फाइनलमा फ्रान्सका गेइल मोन्फिल्सलाई ६–२ र ६–२ को सेटमा हराएका थिए ।

शापोभालोभलाई हराएमा नाडल यो वर्षको अन्त सम्म एटिपी टेनिस वरियताको शीर्ष स्थानमा उक्लिनेछन् । अर्को सेमिफाइनलमा नोभाक जोकोभिच र ग्रिगोर डिमित्रोभबीच प्रतिष्पर्धा हुनेछ ।

जोकोभिचले ग्रिसका स्टेफानोस सिट्सिपासलाई ६–१ र ६–२ को सेटमा हराए । बुल्गेरियन खेलाडी डिमित्रोभले भने चिलीका क्रिष्टियन गारिनलाई ६–२ र ७–५ ले पाखा लगाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *