एएफसी यू–१९ छनोटका लागि राष्ट्रिय टिमको घोषणा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–१९ च्याम्पियनसिप छनोटका लागि नेपालले राष्ट्रिय टिमको घोषणा गरेको छ ।
इरानमा आयोजना हुने छनोटका लागि नेपालले २३ सदस्सीय राष्ट्रिय टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक मेघ राज केसीले २७ सदस्सीय टिमबाट अन्तिम २३ सदस्सीय टिमको घोषणा गरेका हुन् ।
यसअघि २७ सदस्सीय टिममा रहेका मध्ये फरवार्ड बृजेश चौधरी, मिडफिल्डर शिशिर लेखी, गोलकिपर सुर्य अधिकारी र डिफेन्डर निराजन महर्जन टिमबाट बाहिरिएका छन् ।
छनोट नोभेम्बर ६ बाट इरानमा हुनेछ । नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा आयोजक इरान,युएई र कीर्गिस्तान रहेको छ ।
नेपाली टिमः
गोलकिपरः विशाल सुनार, रोहित कार्की, पुजन होना
डिफेन्डरः बिशाल बस्नेत, सन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ
मिडफिल्डरः दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन, दिनेश हेम्जन
फरवार्डः मनिष डाँगी, राजिव लोप्चन, रेजिन शुब्बा, दिपेश आले मगर
No ads found for this position


डिसी नेपाल
Facebook Comment