महिला फुटबलरको छुरा प्रहार गरी हत्या

डिसी नेपाल
१६ कार्तिक २०७६ १०:३६

एजेन्सी । जमैकाका राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी तारानिया क्लार्कको हत्या भएको छ । जमैकाको राजधानी किंग्सटनमा छुरा प्रहारबाट मिडफिल्डर क्लार्कको हत्या भएको हो ।

जमैका प्रहरीले मोबाइल फोनको विषयमा झगडा हुँदा एक महिलाले उनलाई छुरा प्रहार गरेको जनाएको छ । उनलाई तत्काल अस्पताल लगिएपनि बचाउन नसकिएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने महिलालाई पक्राउ गरिएको छ ।

२० वर्षे मिडफिल्डर क्लार्कले ओलम्पिक छनोट अन्तर्गत गत सेप्टेम्बरमा राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन्। डेब्यु खेलमै उनले गोल गरेकी थिइन् । क्लार्क वाटरहर्स एफसीबाट जमैकन महिला लिग खेल्दै आएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *