स्तन देखाएपछि २ अमेरिकी मोडललाई बेसबल मैदानमा अनिश्चितकालका लागि प्रतिबन्ध !

डिसी नेपाल
२५ कार्तिक २०७६ १६:५१

एजेन्सी। अमेरिकाका २ जना मोडललाई अनिश्चितकालका लागि बेसबल खेल हेर्न मैदानमा जान प्रतिबन्ध लगाइएको छ । यी दुवैलाई हस्टन एस्ट्रोस क्लवका खेलाडी गेरिट कोललाई खेल चलिरहेका बेला दर्शक दीर्घामा बसेर स्तन देखाइ ध्यान भट्काएको आरोपमा यस्तो प्रतिबन्ध लगाइएको हो ।

अमेरिकाका चर्चित इन्स्टाग्रामर जुलिया रोज र लरेन समरले खेल चलिरहेका बेला शर्त जित्नको लागि यी खेलाडीको ध्यान भट्काउन यतो क्रियाकलाप गरेका थिए । उनीहरुको हर्कतका कारण केहीबेर खेल रोकिएको थियो । यो हर्कतपछि उनीहरुलाई मेजर लिग बेसबलले एउटा पत्र लेखेको छ ।

पत्रमा लेखिएको छ ‘तपाइँले आफ्नो व्यवसाय प्रवद्र्धन गर्नको लागि खेलको सातौं इनिङमा आफूलाई एक्सपोज गरेर फ्यानको आचारसंहिता उल्लंघन गर्नुभएको छ । तपाइँहरुले व्यवसाय प्रवद्र्धन गर्नको लागि अरुलाई पनि आफूलाई एक्सपोज गर्न उक्साउनुभएको छ । त्यसैले तपाइँलाई सबै मेजर लिग बेसबल स्टेडियम र सुविधामा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ ।’ ती दुई मोडलले भने आफूहरुको यो पब्लिसिटी स्टन्ट स्तन क्यान्सरबारे जनचेतना जगाउनको लागि आर्थिक सहयोग जुटाउनका लागि भएको दावी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *