पिचिचि रेसमा बेन्जेमा शीर्षमा, पच्छ्याउँदै मेसी

डिसी नेपाल
२५ कार्तिक २०७६ १६:५२

काठमाडौं। रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले हिजो भएको ला लिगा सान्ट्याण्डरको खेलमा इबरलाई रियलले ४–० ले हराउँदा २ गोल गरेसँगै उनी पिचिचि चार्टको शीर्षमा पुगेका छन् । उनले यस सिजनमा ला लिगामा ९ गोल गरे । तर यतिले उनी शान्तिसँग निदाउन भने पाउने छैनन् ।

यो खेलको केही घण्टा पछि भएको अर्को खेलमा बार्सिलोनाका लियोनेल मेसीले सेल्टाभिगोविरुद्ध ह्याट्रिक गर्दै आफ्नो गोल संख्या ८ पुर्याएका छन् । उल्लेखनीय कुरा त के भने मेस्सीले ला लिगा सान्ट्याण्डरका सुरुवाती ५ खेल इन्जुरीका कारण गुमाएका थिए । त्यसपछि उनले उत्कृष्ट पुनरागमन गर्दै ७ खेलमा ८ गोल गरिसकेका छन् ।

पिचिचि लिडरबोर्ड

१. करिम बेन्जेमा (रियल मड्रिड) – ९ गोल

२. लियोनेल मेस्सी (बार्सिलोना) – ८ गोल

३. गेरार्ड मोरेनो (भिल्लारियल) – ८ गोल

४. लुकास पेरेज (अलाभेस) – ७ गोल

५. लोरेन (रियल बेटिस) – ७ गोल

६. ड्यानी पारेजो (भ्यालेन्सिया) – ६ गोल

७. लुइस सुआरेज (बार्सिलोना) – ६ गोल

८. एकाम्बी (भिल्लारियल) – ५ गोल

९. एन्जेल (गेटाफे) – ५ गोल

१०. म्याक्सी गोमेज (भ्यालेन्सिया) – ५ गोल

११. विलियन जोसे (रियल सोसिडाड) – ५ गोल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *