भारतीय क्रिकेटले २ वर्षदेखिको ‘नम्बर ४’को तनावबाट मुक्ति पायो

डिसी नेपाल
२५ कार्तिक २०७६ १६:५३

एजेन्सी। भारतीय ब्याट्सम्यान श्रेयस अय्यरलाई भारतीय राष्ट्रिय टिमको प्रबन्धनले सीमित ओभरको क्रिकेटमा उनी नै नम्बर ४ ब्याट्सम्यान हुने बताएको छ । अहिलेको श्रेयसको प्रदर्शन हेर्दा भारतीय टिम प्रबन्धनको २ वर्षदेखि जारी नम्बर ४ को तनाव समाप्त भएको अनुमान गरिएको छ ।

यसअघि भारतीय टिम प्रबन्धनले नम्बर ४ मा धेरै प्रयोग गर्यो तर ती प्रयोग लगातार असफल भइरहे । ५० ओभरको विश्वकपअघि पनि यो स्थानमा कैयौं खेलाडीलाई परीक्षण गरियो तर कसैले पनि आफ्नो स्थान पक्का गर्न सकेनन् । विश्वकपमा विजय शंकरमाथि विश्वास देखाइएको थियो तर त्यो प्रयोग पनि असफल भयो ।

श्रेयसले बंगलादेशविरुद्ध तेस्रो टि–२० मा ३३ बलमा ६२ रनको इनिङ खेलेपछि संवाददाताहरुसँग भने ‘टिम प्रबन्धनले मलाई भन्नुभएको छ कि तिमी नम्बर ४ मा ब्याटिङ गर्दैछौ त्यसैले आफूमाथि भरोसा गर । मेरो लागि ४ नम्बर स्थापित गराउनको लागि पछिल्ला केही सिरिज महत्वपूर्ण रहे । यो नम्बरको लागि हामी सबै प्रतिस्पर्धा गरिरहेका छौं ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *