वेष्ट इण्डिजद्वारा अफगानिस्तानविरुद्धको सिरिज ‘क्लिन स्विप’

डिसी नेपाल
२६ कार्तिक २०७६ ६:११

एजेन्सी । अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा वेष्ट इण्डिजले क्लिन स्विप गरेको छ ।

भारतको लखनउमा सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ५ विकेट जित निकाल्दै वेष्ट इण्डिजले सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।

अफगानिस्तानले दिएको २ सय ५० रनको लक्ष्य वेष्ट इण्डिजले ४८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । वेष्ट इण्डिजको जितमा साई होपले १ सय ९ रनको शतकीय इनिङ्स खेले ।

यस्तै रोस्टन लामरले अविजित ४२, ब्राण्डन किङले ३९ तथा कप्तान केइरन पोलार्डले ३२ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो । अफगानिस्तानका लागि अस्घर अफगानले ८६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हजरत उल्लाह जजाई र मोहम्मद नाबीले समान ५० रन बनाए ।

वेष्ट इण्डिजका केमो पाउलले ३ तथा अल्जारी जोसेपले २ विकेट लिए । सिरिज अन्तर्गत पहिलो खेल वेष्ट इण्डिजले ७ र दोस्रो खेल ४७ रनको जित निकालेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *