सेन्ट्रल जोन महिला भलिबलमा नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै

डिसी नेपाल
२६ कार्तिक २०७६ ८:०८

काठमाडौं । पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी)सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज नेपालले घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।

ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । सुरुवाती दुई खेल जितेर उपाधि होडमा बलियो देखिएको नेपाली टिमलाई घरेलु टोलीले परिक्षा लिनेछ ।

नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रा खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराएको थियो । बंगलादेशलाई हराउँदै नेपाल फाईनल नजिक पुग्ने लक्ष्यमा हुनेछ ।

नेपालको मुख्य चुनौतीको रुपमा माल्दिभ्स रहेको छ । नेपालले लिग चरणको अन्तिम खेलमा बुधबार माल्दिभ्ससंग खेल्नेछ ।

राउण्ड रोबिन लिगको शीर्ष दुई टिमले फाईनल खेल्नेछन् । बंगलादेश भलिबल संघले आयोजना गरेको प्रतियोगितामा नेपाल सहित पाँच राष्ट्र सहभागी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *