सागका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

डिसी नेपाल
२६ कार्तिक २०७६ ९:२०

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २० सदस्सीय नेपाली टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले घोषणा गरेको साग टिममा सिनियर टिमका विकेश कुथु, बिक्रम लामा र सुजल श्रेष्ठ परेका छन् ।

गोलकिपर विकेश, मिडफिल्डर बिक्रम र सुजल भारतमा भएको १२ औं सागमा समेत टिममा रहेका थिए । १२ औं सागमा नेपालले स्वर्ण जितेको थियो ।

साग टिमको बन्द प्रशिक्षणमा रहेका किरण चेम्जोङ, रोहित चन्द र नवयुग श्रेष्ठ टिममा परेनन् । सागमा २३ वर्ष मुनिका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा तीन जना सिनियर खेलाडी राख्न पाइन्छ ।

टिमको घोषणा गर्दै मुख्य प्रशिक्षक महर्जनले लामो समयबाट तयारी गरेको र टिमका सबै खेलाडी उत्कृष्ट रहेको कारण सागका लागि टिम राम्कोरो बनेको बताए ।

नेपाली टिमः

गोलकिपरः विकेश कुथु, अर्पण कार्की, दीप कार्की

डिफेन्डरः अनन्त तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, छिरिङ गुरङ

मिडफिल्डरः बिक्रम लामा, मिक्चेन तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, तेज तामाङ, सेसेहाङ आङदेम्बे, हेमन्त थापा मगर, नितिन थापा

फरवार्डः विमल घर्ती मगर, रेजिन सुब्बा, अभिषेक रिजाल, अन्जन विष्ट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *