शीर्ष वरियताका नाडाल एटिपी फाइनल्सको पहिलो खेलमै पराजित, दोस्रो वरियतामा झर्ने पक्का

डिसी नेपाल
२६ कार्तिक २०७६ ११:४१

एजेन्सी । शीर्ष वरियताका राफेल नाडाल एटिपी फाइनल्सको पहिलो खेलमा नै पराजित भएका छन् । स्पेनिस खेलाडी नाडल डिफेन्डिङ च्याम्पियन अलेक्सान्दर भेरेभसँग २–० को सोझो सेटमा पराजित भए ।

यो पराजयसँगै नाडाल यो वर्ष वरियता क्रमको दोस्रो स्थानमा झर्ने पक्का भएको छ । पेरिस मास्टर्सको सेमिफाइनलअघि पेटमा समस्या आएपछि नाडालले खेल त्यागेका थिए । इन्ज्युरीपछि एटिपी फाइनल्स खेलेका नाडाल भेरेभसँग ६–२ र ६–४ को सोझो सेटमा पराजित भए ।

त्यसपछि छैटौं वरियताका स्टेफानो सिटसिपासले डेनिल मेद्भेदेभलाई २–० कै सेटमा पाखा लगाए । २१ वर्षे ग्रिक खेलाडी सिट्सिपासले ओ२ एरेनामा भएको खेलमा रसियाका मेद्भेदेभलाई ७–६(७–५) र ६–४ को सेटमा पाखा लगाए ।

नाडालको यो पराजयपश्चात दोस्रो वरियताका नोभाक जोकोभिच शीर्ष स्थानमा उक्नि सक्ने सम्भावना बढेको छ । टेनिसको वरियताक्रम अर्को साता सार्वजनिक हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *