स्पेनिस सुपर कपका खेल साउदी अरेबियामा हुने

डिसी नेपाल
२६ कार्तिक २०७६ १४:५५

काठमाडौं। स्पेनिस सुपर कप फुटबलका खेल यसपटक साउदी अरेबियामा हुने भएका छन् । आउँदो जनवरीमा हुने खेलहरु साउदी अरेबियामा गर्ने तयारी भएको त्यहाँको फुटबल एसोसिएसन आरएफइएफले जनाएको छ ।

चार टीमबिचको प्रतिस्पर्धामा बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिड र भ्यालेन्सिया सहभागी हुने छन् । यी टीमबिचको खेलमा जेद्दामा रहेको ६२ हजार दशर्क क्षमताको किङ्ग अब्दुल्लाह स्पोर्टस सिटी स्टेडियममा हुनेछ ।

रंगशालाले तीन वर्षको सम्झौताको क्रममा २९ देखि ३४ मिलियन पाउण्ड स्ट्रर्लिङ्गसम्म आर्जन गर्ने स्पेनिस पत्रिका एबिसीले उल्लेख गरेको छ । तर सरकारी अधिकारी र ला लिगाले स्पेनिस सुपर कप साउदी अरेबियामा गर्ने निर्णयको आलोचना गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *