नेपाल एक खेल अगावै फाइनलमा
काठमाडौं। बंगलादेशमा जारी एसियन महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप–२०१९ अन्तर्गत मंगलबार भएको लिगको तेस्रो खेलमा नेपालले घरेलु टोलीालई ३–० को सोझो सेटमा पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको छ।
यसअघि पहिलो खेलमा अफगानिस्तान र किर्गिस्तानलाई ३–० को सेटमा पराजित गरेको नेपालले उत्कष्ट लय कायम राख्दै सतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ। आक्रमक शैलीमा कोर्टमा उत्रिएको नेपालले घरेलु टोलीविरुद्धको पहिलो सेट २५–७ ले आफ्नो पक्षमा पारेको थियो।
दोस्रो सेटमा झन बलियो सुरुआत गर्दै नेपालले १५–० को अग्रता बनाएको थियो। प्रतियोगिताको प्रमूख दाबेदारको रूपमा आफूलाई प्रस्तुत गरिरहेको नेपालले २५–६ले जितेको थियो। प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिँदै नेपालले २५–६ को नतिजामा तेस्रो सेट आफ्नो पक्षमा पा¥यो।
जितसँगै नेपालले तीन खेलबाट ९ अंक जोडेको छ। दोस्रो स्थानमो माल्दिभ्सको ८ अंक छ। आजको नतिजासँगै नेपाल दुई खेलमा विपक्षी टोलीलाई १० भन्दा कम अंकमा समेट्न सफल भएको छ। यसअघि पहिलो खेलमा पनि अफगानिस्तान नेपालविरुद्ध १० अंक बनाउन असफल भएको थियो। बिहीबारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, किर्गिस्तान र अफगानिस्तान सहभागी छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment