आफ्नै ट्वीटका कारण सिल्भालाई एक खेलको प्रतिबन्धसहित ५० हजार पाउण्ड जरिवाना

डिसी नेपाल
२८ कार्तिक २०७६ ९:२६

एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर बर्नार्डो सिल्भालाई एक खेलको प्रतिबन्ध लागेको छ ।

इन्ग्लिश फुटबल एसोसिएसनले आफ्नै टिमका सहकर्मीविरुद्ध सामाजिक संजालमा रंगभेदीय पोस्ट गरेको भन्दै सिल्भालाई प्रतिबन्ध लगाएको हो । यस्तै उनलाई ५० हजार पाउण्ड समेत जरिवाना गरिएको छ ।

पोर्चुगिज मिडफिल्डर सिल्भाले गत असोजमा आफ्नै टिममा सहकर्मी बेन्जामिन मेन्डीलाई स्पेन र पोर्चुगलमा लोकप्रिय चकलेट ब्राण्ड कोङगिटोससँग तुलना गर्दै ट्वीट गरेका थिए । तर, उनले पछि ट्वीट हटाएर ठट्टा गरेको बताएका थिए ।

सिल्भाको पोस्टपछि फुटबल एसोसियसनले छानबिन गरेको थियो । छानबिनको क्रममा उनले जातीय र रंगभेदीय नियम तोडेको र दोषी पाईएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *