गुल्मीमा ३ जनाको हत्याः श्रीमतीको अगाडि बहिनी भन्ने महिलासँगै अनैतिक सम्बन्ध

डिसी नेपाल
३० कार्तिक २०७६ १३:१२

गुल्मी । गत कार्तिक १६ गते गुल्मीको जङ्गलमा बेवारिसे तीन शब फेला परे । करिब ३२ बर्षकी जस्ती महिला र उनका जुम्लाहा छोरीहरुको शब फेला परेपछि शुरुमा शबको पहिचान नै भएन ।

पछि प्रहरीको अनुसन्धानबाट उक्त शब पोखरा हेमजामा काम गर्ने सरिता भनिने शिबमाया लिम्बू र उनकी सात बर्षीया जुम्लाहा छोरी गंगा–जमुना रहेको पत्ता लाग्यो । पोखरा बाग्लुङ खडक खण्डमा काम गर्ने कामदारको लागि राखिएको क्यान्टिनमा काम र्ने सरितालाई क्यान्टिन सञ्चालक पूर्णबहादुर सुनारले गुल्मीको जङ्गलमा लगेर हत्या गरेका थिए ।

श्रीमानको निधन भएपछि जुम्लाहा छोरीसहित पोखरा आएकी सरिताको पूर्णबहादुर सुनारसँग अनैतिक सम्बन्धका कारण उनले छोरीसहित हत्या गरेको स्थानीयहरुले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार श्रीमतीको अगाडि बहिनी भन्ने र श्रीमती नहुँदा बस्ने कोठामा समेत सँगै बस्ने गरेको समेत बताए । पूर्णबहादुरकी श्रीमतीका अनुसार सधै बहिनी भनेर सम्मान गरेको तर अन्त्यमा उही केटीका कारण आफ्नो घर तहसनहस भएको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *